शुक्रबार, चैत्र २७, २०८२

आर्थिक क्षेत्रलाई गति दिन नेपाल बिजनेस समिट


कान्तिपथ


आर्थिक क्षेत्रलाई गति दिन तथा अर्थतन्त्रमा चुनौती बढ्दै गइरहेको सन्दर्भमा सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ ।

सरकार र निजी क्षेत्रबिचको दूरी कम गर्दै उद्यमी व्यवसायी र बैंक, वित्तीय क्षेत्रको मनोबल बढाउन शिखर सम्मेलन आयोजना गरिएको हो ।

कार्यक्रम संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल बिजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजनामा गरेको हो । राजधानीमा भर्खरै आयोजित शिखर सम्मेलनबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवनकुमार गोल्यानले उद्योगी, व्यवसायी र बैंक तथा वित्तीय संस्थाले भोग्दै आएका समस्या समाधानका लागि पहल गर्न र वित्तीय संस्थाबारेको भ्रम निवारणका लागि बिजनेस समिट आयोजना गरेको बताए ।

वित्तीय चुनौतीले उद्योगी व्यवसायी र बैंक वित्तीय संस्थाबीचको दूरी बढ्दै जाने सम्भावना रहेको बताउँदै उनले कृषि, पर्यटन, ऊर्जा, निर्यात क्षेत्रलाई राज्यले पहिलो प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।

नेपाल बिजनेस इन्स्टिच्युटका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटिका संयोजक विशाल गैरेले शिखर सम्मेलनले ठुला उद्योगको संरक्षण, साना, मझौला तथा स्टार्टअप उद्यमलाई प्रोत्साहन गर्ने बताए । कार्यक्रममा देशभरिका करिब ४ सय जनाको सहभागी हुने अपेक्षा गरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत