शुक्रबार, चैत्र २७, २०८२

नयाँ एक्सचेन्ज लाइसेन्स बाँड्ने प्रक्रिया रोक्ने क्याबिनेटको निर्णय


कान्तिपथ


सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया रोकेको छ । निजी क्षेत्रबाट स्टक एक्स्चेञ्ज स्थापना गर्ने प्रक्रिया ठूलो आर्थिक चलखेल हुन लागेको भन्ने विवादका बीच सरकारले तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड को ठाडो निर्देशनमा लाइसेन्स वितरण प्रक्रिया रोकिएको हो ।

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि गरेको आह्वानमा तीन वटा समूहको आवेदन परेको छ । इन्फिनिटी होल्डिङ्सका अध्यक्ष दीपक भट्टको हिमालयन स्टक एक्सचेन्ज, दीपक तिमिल्सिनासहित गैरआवासीय नेपाली संघको नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण मिडिया समूहका रामेश्वर थापाको अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन दिएका छन् ।

नयाँ स्टक एक्स्चेञ्ज स्थापनाको प्रक्रिया विरुद्ध पाटन उच्च अदालतमा रिट समेत परेको छ भने उच्च अदालतले जेठ १ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । धितोपत्र बोर्डले तीनवटै समूहका गोप्य आवेदन खोलेर मूल्यांकन प्रक्रिया अघि बढाईरहेको बेला सरकारले हस्तक्षेप गरेको हो ।

यी तीनै वटै समूहमा पहुँचवाला ब्यापारिक घरानाहरु जोडिएका छन् । नयाँ स्टक एक्स्चेञ्ज स्थापनाका लागि ३ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकिएको छ ।

बार्षिक पाँच अर्बसम्मको मुनाफा हुनसक्ने भएकाले नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स हात पार्न आवेदकहरुको दौडधूप ब्यापक भईरहेको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत