शुक्रबार, चैत्र २७, २०८२

एमाले र राप्रपा मिल्ने : बजेट पास हुन नदिने


कान्तिपथ


बागमती प्रदेशसभाको बैठक आगामी असार १२ गते मंगलबार बस्दैछ। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को प्रस्तुत बजेटमाथि छलफल हुने प्रदेशसभा सचिवालयले जनाएको छ। मंगलबारदेखि बजेटमाथिको छलफल सुरु हुने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए।

बागमती प्रदेश सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड २७ लाख ६९ हजार रुपैयाँको बजेट विनियोजन गरेको थियो।

सरकारले बजेटमाथि छलफलको मिति तय गर्दा एमालेसहित तीन प्रतिपक्षी दलले बजेट पास हुन नदिने बताएका छन्।

सरकारले एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाउँदै एमालेसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले बजेट सदनबाट पास हुन नदिने बताएका छन्।

बजेटको २७ प्रतिशत मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीको क्षेत्रमा पारिएको आरोप लगाउँदै एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले दिगो विकासको लक्ष्यलाई कतै नछोएको बताए। बजेटको लक्ष्य, गन्तव्य र कुनै क्रियाकलाप नमिलेको उनको भनाइ छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत