शुक्रबार, चैत्र २७, २०८२

आयल निगमले सक्यो आईओसीको २४ अर्ब बक्यौता


कान्तिपथ


नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशन (आईओसी) को बक्यौता रकम चुक्ता गरेको छ । रुस–युक्रेन युद्धका कारण विश्वभर पेट्रोलियम पदार्थको मूल्य चुलिँदा निगमले आईओसीसँग उधारोमा तेल किन्ने गरेको थियो । भारतबाट महङ्गोमा तेल ल्याएर घाटामा बेचेपछि रकम तिर्ने पैसा समेत नहुँदा निगमले उधारोमा तेल ल्याउने गरेको हो । जुन, रकम यतिबेला पूर्णरुपमा चुक्ता भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए ।

‘आईओसीको २४ अर्ब रुपैयाँ तिर्न बाँकी थियो,’ ठाकुरले भने, ‘उक्त रकम चुक्ता भयो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब समेत तिरियो ।’ अब निगमले नेपाल सरकारको ६ अर्ब ३० करोड रुपैयाँ तिर्न बाँकी छ ।

पेट्रोलियम पदार्थ बिक्रेताले राखेको धरौटी बापतको रकमबाट १ अर्ब ९५ करोड रुपैयाँ तिर्न बाँकी छ । यसबाहेक, मूल्य स्थिरीकरण कोषको साढे २१ अर्ब रुपैयाँ र कर्मचारी आवास कोषको सवा ३ अर्ब रुपैयाँ तिर्न बाँकी छ । निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको समयमा तेल किन्न पैसा अपुग भएपछि यी कोषहरुको रकम चलाएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत