शुक्रबार, चैत्र २७, २०८२

काठमाडौं महानगरले तोक्यो पार्किङ शुल्क, कुन ठाउँमा कति ?


कान्तिपथ


काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङको शुल्क तोकेको छ। महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक–२०८० मा सवारी पार्किङ शुल्क निर्धारण गरिएको हो। उक्त विधेयकमा व्यवसायिक रुपमा सवारी साधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको दश वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्थासमेत राखिएको छ।

पार्किङ प्रयोजन देखाइ नक्सा स्वीकृत गरेको भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले प्रचलित कानुन र निर्णय बमोजिम कारबाही गर्नुका साथै सम्पत्ति करसहितका सम्बन्धित अन्य कर असुल गर्ने जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत