शुक्रबार, चैत्र २७, २०८२

सुनकाण्डपछि विमानस्थल भन्सारका हाकिम फेरिए


कान्तिपथ


सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित भन्सार प्रमुखमा टोकराज पाण्डेलाई नियुक्त गरेको छ। निजामती राष्ट्रिय किताबखानाका महानिर्देशक पाण्डे गत बिहीबार मात्रै अर्थ मन्त्रालयमा सरुवा भएका थिए।

उनै पाण्डेलाई अर्थमन्त्री डा. प्रकाश शरण महतले त्रिभुवन विमानस्थल भन्सार प्रमुखमा नियुक्त गरेका हुन्। अर्थमन्त्री डा. महतको सचिवालयले पाण्डेलाई विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी दिइएको पुष्टि गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार प्रमुख अरुण पोखरेल गत गत असार १७ गतेदेखि बिरामी बिदा मा छन्। बिदामा रहेर हाल स्वास्थ्योपचारका क्रममा रहेका पोखरेललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। विभागका अनुसार ढाडमा समस्या आएको भन्दै उनले बिरामी बिदा लिएका थिए।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँच पास भइसकेर १०० केजी सुन भित्रिँदा भन्सार प्रमुख पोखरेल बिदामा थिए। पोखरेल दुई महिने बिदामा हुँदा उनको स्थानमा अन्य नियुक्त भएको थियो। निमित्तका रुपमा नारद गौतमले विमानस्थल भन्सारको नेतृत्व गरिरहहेका थिए।

पोखरेलले असार १७ गतेदेखि बिदा लिएर भदौ १७ गते सम्मलाई स्वीकृत गराएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत