शुक्रबार, चैत्र २७, २०८२

सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार छ सय


कान्तिपथ


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य नयाँ उचाइमा पुगेको छ । आइतबार प्रतितोला रु एक लाख २० हजार आठ सय कायम भएको छापावाल सुनको मूल्य आज रु आठ सयले बढेर प्रतितोला रु एक लाख २१ हजार छ सय पुगेको हो । नेपाली बजारमा कायम भएको यो हालसम्मकै उच्च मूल्य हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २१ हजार कायम भएको छ । आइतबार तेजाबी सुन प्रतितोला रु एक लाख २० हजार दुई सयमा कारोबार भएको थियो । 

साथै चाँदीको मूल्य प्रतितोला रु एक हजार पाँच सय ४५ मा कायम भएको छ । रासस



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत