काठमाडौँ । दुबईबाट सुन कारोबार गर्ने एक जना भारतीय नागरिकले पठाएको सुन काठमाडौँमा गायब भएको छ ।
सात–आठ महिनाअघि भारतीय नागरिकले दुबईबाट नेपाल आउने दुई जनालाई भरिया बनाएर साढे २ केजी सुन पठाउनु भएकाे थियाे ।
सिन्धुपाल्चोकका युवाहरूले सुन लुटेको आशङ्का गरिएको छ ।
सोही प्रकरणमा नेपालमा घर भएर दुबईमा बस्ने राजु केसीलाई तस्कर समूहले दुबईमा कुटपिट गरेपछि प्रहरीका वरिष्ठ हवलदार सुन्दर नेपाली सम्पर्कमा आए ।
सुन्दरले सुन फिर्ता गराउने आश्वासन दिँदै तस्करसँग ४० लाखको डिल गरेको खुलेको छ।
‘गायब’ भएको साढे दुई केजी सुन फिर्ता गराउने आश्वासन दिएर नेपालीले साढे दुई लाख बुझेको उनको बैंक स्टेटमेन्टबाट पुष्टि भएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ