सोमवार, चैत्र ३०, २०८२

झरनामा चिप्लिएर २७ वर्षीया युवतीको मृत्यु


कान्तिपथ


काठमाडौं । भारतको महाराष्ट्रको रायगढ जिल्लाको कुम्भे झरना नजिकै घुम्न गएकी अन्वी कामदार नामकी युवतीको खाल्डोमा खसेर मृत्यु भएको छ।
मुम्बई निवासी अन्वी कामदार महाराष्ट्रको रायगढमा रहेको कुम्भे झरना हेर्न गएकी थिइन्।
इन्स्टाग्राम रिल बनाउनेक्रममा झरना नजिक गएकी अन्वी ३ सय फिट गहिरो खाल्डोमा चिप्लिएर खसेकी थिइन्। २७ बर्षिय अन्वी कामदार सामाजिक सञ्जालमा सक्रिय रहेकी थिइन् भने उनका इन्स्टाग्राममा दुई लाखभन्दा बढी फलोअर्स छन्। उनी आफ्नो सात जना साथीसँग घुम्न गएकी थिइन्।
उनका साथीहरूले पुलिसलाई खबर गरेपछि पुलिस र स्थानीयले नजिकैको अस्पतालसम्म पुर्‍याएका थिए। उपचारको क्रममा २७ वर्षिया अन्वीको मृत्यु भएको हो।
उनी पेशाले चार्टर्ड अकाउन्टेन्ट हुन्। उनी विभिन्न ठाउँ घुम्न गएर सामाजिक सञ्जालमा रिल हाल्थिइन्। जसले उनलाई निकै परिचित बनाएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत