शुक्रबार, चैत्र २७, २०८२

माओवादीले २०८४ को निर्वाचनमा एक्लै प्रतिष्पर्धा गर्ने


कान्तिपथ


काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले २०८४ सालमा हुने तीन तहको निर्वाचनमा पार्टी एक्लै प्रतिष्पर्धामा उत्रिने भएको छ ।

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले जारी पार्टी पदाधिकारी बैठकले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने योजना लिएर अगाडि बढ्ने विषयमा निर्णय गर्ने बताएकाे हाे ।

आज पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘पार्टीको पदाधिकारी बैठक चलिरहेको छ।

बैठकमा २०८४ को चुनाव एक्लै लड्ने र जित्ने योजनाका साथ छलफल चलिरहेको छ।

१८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेकाले त्यसको फाइदा आगामी निर्वाचनमा लिनेगरि जारी पार्टीको बैठकले रणनीति बनाउने बताए ।

‘१८ महिना सरकारको नेतृत्व गर्‍यौं। हामीले असार २८ गते सरकार छोड्दा हामी विजयी भएर निस्किएका छौं। हामी सुशासनका पक्षमा विजय भएर निस्किएका छौँ । भ्रष्टहरू मिलेर सरकार बनाएको कुरा बच्चा बच्चालाई पनि थाहा छ। यो कुरा जनतालाई पनि बुझाउन जरूरी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत