बुधबार, चैत्र २५, २०८२

विनिमयदर : डलर, युरो र पाउण्ड संगै अधिकांस मुद्रको भाउ बढ्याे


गणेश विक


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

बुधबार अमेरिकी डलरको खरिददर १३४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा युको भाउ ०५ पैसाले बढेको छ ।

यसअघि मंगलबार डलरको खरिददर १३४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३५ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो । 
 
बुधबार युरोपियन युरो २६ पैसाले बढेको छ । आज युरो एकको खरिददर १४२ रुपैयाँ २२ रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ८५ पैसा तोकिएको छ । मंलबार भने युरोपियन युरोको एकको खरिददर १४१ रुपैयाँ ९६ पैसा बिक्रीदर १४२ रुपैयाँ ५९ पैसा तोकिएको थियो ।   
 
बुधबार बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ २५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ०१ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २९ पैसाले बढेको हो । यसअघि मंगलबार पाउण्डको खरिदमूल्य १६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा कायम थियो ।

त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ १४ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५७ पैसा रहेको छ । 

उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७६ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ८० पैसा रहेको छ ।

चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६७ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७१ पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ९० पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६ रूपैयाँ ८६ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ १३ पैसा र बिक्रीदर ३० रूपैयाँ २६ पैसा कायम गरेको छ ।
यसैगरी, बुधबारको लागि कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ३२ र बिक्रीदर ४४० रुपैयाँ २७ पैसा निर्धारण भएको छ।

बहराइन दिनारको खरिददर ३५७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५९ रुपैयाँ १० पैसा निर्धारण भएको छ। 
 



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत