व्यक्ति हत्यामा दोषी ठहर भई फरार अभियुक्त १५वर्षपछि पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ कि ४७ वर्षीया कमला गोले तामाङ छिन् ।
उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए ।
२० असोज २०६७ मा उनको घरमा काम गर्न आएर बास बसेका वीरबहादुर तामाङको हत्या गरेको कसुरमा उनी दोषी ठहर भएकी थिइन् । सर्वोच्च अदालतले उनीविरुद्ध १ भदौ २०७२ मा १२ वर्ष कैदको फैसला सुनाएको थियो ।
त्यसपछि जिल्ला अदालत दोलखाले भने उनलाई सफाई दिएको थियो । बलात्कार गर्न लागेका युवकलाई प्रतिकार गर्दा मृत्यु भएको भन्दै सुरु जिल्ला अदालतले गोलेलाई सफाई दिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ