बिहिबार, बैशाख ३, २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ


गणेश विक


धनकुटा । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा नगरपालिका-३ स्याउले मोड डेरा गरी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-७ गैरीटोल ठेगाना भएका २१ वर्षीय लिला बहादुर विश्वकर्मालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

लिला बहादुरले ती बालिकालाई आफ्नै डेरा कोठामा लगि ललाई फकाई सोमबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत