काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्यान्डको राजधानी बैंकक प्रस्थान गरेकी छन् ।
सोमबार बिहान उनी निजी भ्रमणका क्रममा बैंकक प्रस्थान गरेकी हुन् ।
भण्डारी सोमबार बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा बैंकक प्रस्थान गरेकी हुन् । उनको भ्रमणको उद्देश्यबारे केही सार्वजनिक भएको छैन ।
राष्ट्रपतिको सात वर्षे कार्यकाल बिताएर फर्केकी भण्डारी पहिलोपल्ट विदेश भ्रमणमा निस्किएकी हुन् । एमालेको सक्रिय राजनीतिमा आउने चर्चा भइरहेका बेला भण्डारीको विेदश भ्रमणलाई महत्वका साथ हेरिएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ