काठमाडौं । उदयपुरको वेलका नगरपालिकाका मेयर अशोक कार्कीले सरकारी गाडी दुरुपयोग गरेको पाइएको छ ।
नगरपालिकाको को १ झ ५३६ सरकारी नम्बरको गाडी दुरुपयोग गरेको हो ।
मंगलबार विहान करिव ८ बजे उनकी श्रीमती टीका कट्वाल तरकारी किन्न उदयपुरबाट मेयरको गाडी लिएर सप्तरीको फत्तेपुर पुगेकी थिईन।
उनी त्यहाँबाट दुई मुठा रायोको साग, एक पवा अदुवा र कागती किनेर फर्किएकी थिईन।
केही समयअघि कर्मचारी नियुक्तिको विषयलाई लिएर पनि कार्की विवादमा तानिएका थिए। परिक्षा लिएर नाम निकालेको ब्यक्तिकै नाम र ठेगाना भएको अर्को ब्यक्तिलाई कर्मचारीको रुपमा हाजिर गएको विषयमा स्थानीयले उनको कार्यालयमा तालावन्दी समेत गरेका थिए। हाजिर गराईएका ब्यक्ति परिक्षामा समेत सहभागि भएका थिएनन्।
यतिमात्रै होईन, सरकारी सुविधाको पेट्रोल दुरुपयोग गरेको विषयमा समेत उनको चर्को आलोचना भएको थियो।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ