बुधबार, फाल्गुन ६, २०८२

गभर्नर सिफारिस समितिबाट भट्टराइले दिए राजिनामा


कान्तिपथ


काठमाडौं । नेपाल राष्ट्र बैङ्कका लागि गभर्नर छनोट थप पेचिलो बन्दै गएको छ ।

गभर्नर सिफारिस समितिका सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले असन्तुष्टी जनाउँदै आज  राजीनामा दिएका हुन् ।

मन्त्रिपरिषद्ले गत चैत ११ गते उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन गरेको सिफारिस समितिमा पूर्व गभर्नरका रूपमा भट्टराईसहित  विश्व पौडेल सदस्यको जिम्मेवारीमा थिए ।

एक महिनासम्म एउटा बैठकसमेत बस्न नसकेको भन्दै उनले राजिनामा दिएको बताएका छन ।

समितिको भूमिकालाई नजरअन्दाज गरिएको भन्दै उनले असन्तुष्टी जाहेर गरिरहेकाे अवस्थामा उनकाे राजिनामा आएकाे हाे ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत