बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • जेलभित्रै इमरान खानको ‘हत्या’ भएको हल्लाले सामाजिक सञ्जालमा तरंग

जेलभित्रै इमरान खानको ‘हत्या’ भएको हल्लाले सामाजिक सञ्जालमा तरंग


कान्तिपथ


पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रावलपिन्डीस्थित अदियाला जेलमा हत्या भएको भन्ने हल्लाले सामाजिक सञ्जालमा ठूलो तरंग ल्याएको छ। मंगलबार रातिदेखि सेना प्रमुख असिम मुनीरको आदेशमा उच्च सुरक्षा घेराभित्रै खानको हत्या गरिएको भन्ने दाबीसहितका पोस्टहरू भाइरल भइरहेका छन् 

सामाजिक सञ्जाल एक्स (ट्विटर) मा ‘बलुचिस्तानको विदेश मन्त्रालय’ नामक एक शंकास्पद खाता र अफगानिस्तानका केही मिडिया प्लेटफर्महरूले अपुष्ट स्रोतको हवाला दिँदै खानको हत्या भएको दाबी गरेका थिए। तर, पाकिस्तान सरकार वा जेल प्रशासनले भने यसबारे कुनै आधिकारिक जानकारी वा पुष्टि गरेको छैन।

हत्याको हल्ला फैलिएपछि इमरानका दिदीबहिनीहरू (नूरिन, अलिमा र उज्मा खान) मंगलबार राति नै सत्यतथ्य बुझ्न अदियाला जेल पुगेका थिए। उनीहरूले आफ्ना भाइ जीवित रहेको प्रमाण माग गरे पनि जेल प्रशासनले उपलब्ध नगराएको बताइएको छ। उल्टै, जेल प्रशासनले इमरानका परिवार र पीटीआई कार्यकर्तामाथि दुर्व्यवहार गरेको भिडियो तथा खबरहरू बाहिरिएका छन् 

अगस्ट २०२३ देखि जेलमा रहेका खानलाई पछिल्लो तीन साताभन्दा बढी समयदेखि परिवार र कानुनी सल्लाहकारसँग भेट्न प्रतिबन्ध लगाइएको छ। यसले गर्दा उनको वास्तविक अवस्थाबारे जानकारी नभएको भन्दै उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले गम्भीर चिन्ता व्यक्त गरेको छ। पीटीआईले सरकार र सेनाले खानको अवस्था लुकाइरहेको आरोप लगाउँदै तत्काल उनको अवस्था सार्वजनिक गर्न माग गरेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत