बुधबार, फाल्गुन ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • प्रभु बैंक प्रकरण : गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ

प्रभु बैंक प्रकरण : गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्य पक्राउ


कान्तिपथ


नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गुण एयरलाइन्सका सञ्चालक राजेन्द्र शाक्यलाई पक्राउ गरेको छ। प्रभु बैंक लिमिटेडलाई आर्थिक नोक्सानी पुर्‍याएको अभियोगमा शाक्यलाई बुधबार पक्राउ गरिएको हो |

सीआईबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार शाक्यलाई ललितपुरको जावलाखेल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। उनीमाथि बैंकको कर्जा अपचलन र अनियमिततामा संलग्न रही संस्थालाई हानि पुर्‍याएको आरोप छ।

यसअघि यही प्रकरणमा सीआईबीले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित तीन जना उच्च अधिकारीलाई पक्राउ गरिसकेको छ। प्रहरीले पक्राउ परेकाहरूमाथि ‘बैंकिङ कसुर तथा सजाय ऐन’ अनुसार अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत