आइतवार, चैत्र १५, २०८२

सार्वजनिक बिदामा पनि बैंक खुल्ने


गणेश विक


काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निर्वाचन अवधिमा पनि सेवा उपलब्ध गराउने भएकाे छ।

नेपाल राष्ट्र बैंकले वित्तीय सेवा सञ्चालन गर्न निर्देशन दिएका बैंक तथा वित्तीय संस्थाले सेवा प्रदान गर्ने भएका हुन् ।

निर्वाचन आयोगले प्रतिनिधीसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी वित्तीय सेवा सञ्चालन गरिदिन अनुरोध गरेपछि सार्वजनिक बिदाका दिनमा पनि सेवा उपलब्ध गराउन केन्द्रीय बैंकले निर्देशन दिएको हो ।

२०८२ साल फागुन २१ गते हुने निर्वाचनका सम्बन्धमा नेपाल सरकारले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।

त्यस्तै  फागुन १८ गते हिमाली र पहाडका ५६ जिल्लामा तथा १९ गते तराईका २१ जिल्लामा होली पर्व परेका सार्वजनिक बिदा छ । सो अवधिमा बैंकिङ सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले निर्देशन दिएको हो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत