शनिबार, चैत्र २१, २०८२

जेनजी आन्दोलन प्रतिवेदनपछि प्रहरी मनोबलबारे चिन्ता


कान्तिपथ


काठमाडौं । जेनजी आन्दोलनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भएपछि सुरक्षा संयन्त्रभित्र प्रहरीको मनोबल खस्किने सम्भावनाबारे चर्चा सुरु भएको छ।

पूर्व एआईजी विज्ञानराज शर्मा सदस्य रहेको आयोगले आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीदेखि आदेश दिने उच्च अधिकारीसम्ममाथि कारबाही गर्न सिफारिस गरेको बताइएको छ।

आयोगले केही अधिकारीलाई बर्खास्त गर्न तथा कतिपयमाथि फौजदारी कसुरमा मुद्दा चलाउन सुझाव दिएको उल्लेख गरिएको छ। यस विषयलाई लिएर सुरक्षा निकायभित्र आदेश पालना गरेर काम गर्ने प्रहरी कर्मचारीमाथि फौजदारी कारबाहीको सिफारिस गर्दा भविष्यमा फिल्डमा काम गर्ने मनोबल कमजोर हुन सक्ने टिप्पणीहरू उठेका छन्।

प्रहरी स्रोतहरूका अनुसार जोखिमपूर्ण अवस्थामा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीले पछि कानुनी झन्झटमा पर्न सक्ने डर बढेमा निर्णय लिन र आदेश कार्यान्वयन गर्न कठिन हुने अवस्था आउन सक्ने चिन्ता व्यक्त गरिएको छ।

यद्यपि विश्लेषकहरूले संगठनमा सुधार र जवाफदेहिता आवश्यक भए पनि व्यावसायिक कर्तव्य निर्वाहका क्रममा भएको घटनालाई कसरी मूल्याङ्कन गर्ने भन्ने विषयमा सन्तुलित दृष्टिकोण आवश्यक हुने बताएका छन्।

जेनजी आन्दोलनका घटनाबारे आयोगले तयार पारेको प्रतिवेदन अहिले सरकारसमक्ष पेश भइसकेको छ र त्यसमा समेटिएका सिफारिसहरूबारे आगामी निर्णय सरकारले गर्ने अपेक्षा गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत