दुबई अन्तर्राष्ट्रिय विमानस्थल नजिक सोमबार बिहान भएको ड्रोन आक्रमणपछि इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको छ। विस्फोटको आवाज र आगोका कारण विमानस्थल क्षेत्रमा त्रास फैलिएको थियो, जसका कारण सुरक्षाका लागि केही समय उडान सेवा अस्थायी रूपमा अवरुद्ध गरिएको बताइएको छ।
Dubai Media Office का अनुसार नागरिक सुरक्षा टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिएको छ। हालसम्म यस घटनामा कुनै मानवीय क्षति नभएको जनाइएको छ।
घटनाको जिम्मेवारी कसैले नलिएको र आक्रमण कसले गर्यो भन्नेबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। सुरक्षा निकायले विमानस्थल क्षेत्रमा सतर्कता बढाउँदै थप निगरानी कडा बनाएको जनाएको छ।

देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ