शुक्रबार, बैशाख १८, २०८३

केन्द्रीय कारागारबाट फरार कैदी सिरहाबाट पक्राउ


कान्तिपथ


केन्द्रीय कारागारबाट फरार भएका एक कैदीलाई जिल्ला प्रहरी कार्यालय सिरहाले पक्राउ गरेको छ। कर्जन्हा नगरपालिका–७ निवासी ३७ वर्षीय अन्जनी कुशवाहालाई उनकै घरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी बासुदेव पाठकका अनुसार जेनजी आन्दोलनका क्रममा कुशवाहा केन्द्रीय कारागार जगन्नाथदेवलबाट फरार भएका थिए।

कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका उनी फरार भएपछि आफ्नै घरमा लुकेर बसेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका कुशवाहालाई पुनः सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत