आइतवार, चैत्र १५, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान तीव्र, निवास भत्काउन प्रहरीले रोक लगायो

देउवा परिवारको सम्पत्तिमाथि अनुसन्धान तीव्र, निवास भत्काउन प्रहरीले रोक लगायो


कान्तिपथ


सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। यसक्रममा देउवा परिवारका सदस्यहरूको सम्पत्ति विवरण संकलन गर्ने काम भइरहेको छ।

प्रमाण नष्ट हुनसक्ने आशंकामा बूढानीलकण्ठस्थित देउवा निवास परिसरमा भइरहेको घर भत्काउने काम प्रहरीले रोकेको छ। स्रोतका अनुसार सत्ताको दुरुपयोग गरी अस्वाभाविक तथा गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आरोपमा यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो।

अनुसन्धानका क्रममा पछिल्लो एक–डेढ वर्षमा जयवीर देउवा तथा उनका नजिकका आफन्तका नाममा किनिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको जनाइएको छ। साथै, विभिन्न नातेदारमार्फत भएका आर्थिक कारोबारबारे पनि अध्ययन भइरहेको छ।

नक्कली भुटानी शरणार्थी प्रकरण र नेपाल टेलिकम बिलिङ अनियमिततासम्बन्धी उजुरीका आधारमा समेत छानबिन अघि बढाइएको स्रोतले जनाएको छ। सोही क्रममा अनुसन्धानमा असर पर्ने तथा प्रमाण नष्ट हुनसक्ने देखिएपछि घर भत्काउने काममा रोक लगाइएको हो।

देउवा परिवारले बूढानीलकण्ठमा एउटै कम्पाउण्डभित्र दुई वटा बंगला निर्माण गरेका थिए, जसबारे पहिले नै उजुरी परेको थियो। जेनजी आन्दोलनका क्रममा उक्त घरमा क्षति पुगेपछि केही दिनदेखि भत्काउने काम भइरहेको थियो, तर अनुसन्धानलाई ध्यानमा राख्दै प्रहरीले त्यसमा हस्तक्षेप गरेको हो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत