सोमवार, चैत्र ३०, २०८२

 पक्राउपछि ओली टिचिङ अस्पताल भर्ना, विशेष निगरानीमा उपचार सुरु


कान्तिपथ


एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउपछि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना गरिएको छ। उनलाई अस्पतालको एनेक्स–१ भवनको ५०१ नम्बर बेडमा राखिएको हो।

शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका ओलीलाई प्रारम्भमा ‘रेड एरिया’को २७ नम्बर बेडमा राखेर नेफ्रोलोजी विशेषज्ञ डा. रविन नेपालीसहितको टोलीले जाँच गरेको थियो। साथै मुटु रोग विशेषज्ञहरूले पनि उनको स्वास्थ्य परीक्षण गरेका थिए।

रगत परीक्षण, भिडियो एक्सरेलगायत विभिन्न परीक्षणपछि उनलाई एनेक्स–१ को ५०१ नम्बर बेडमा सारिएको अस्पताल स्रोतले जनाएको छ। उक्त बेड सामान्यतः मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि प्रयोग हुने गर्दछ। ओली यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन्।

जेनजी आन्दोलनका क्रममा दमन गरेको आरोपमा फौजदारी कारबाही सिफारिस भएपछि प्रहरीले उनलाई आज बिहान गुण्डुस्थित निवासबाट पक्राउ गरेको थियो। सोही प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत