बुधबार, चैत्र १८, २०८२

जेनजी प्रकरणमा पक्राउ परेका पूर्व सीडीओ रिजाल हाजिर जमानीमा रिहा


कान्तिपथ


जेनजी आन्दोलनका क्रममा विवादमा आएका काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई प्रहरीले हाजिर जमानीमा रिहा गर्ने निर्णय गरेको छ।

मंगलबार उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको सुविधानगरबाट पक्राउ गरेको थियो। पक्राउपछि जिल्ला प्रहरी परिसर काठमाडौंमा राखेर बानेश्वरमा भएको घटनामा किशोरहरूको ज्यान गएको विषयमा सोधपुछ गरिएको थियो।

प्रहरीका अनुसार सहसचिव रिजाललाई आवश्यक पर्दा उपस्थित हुने सर्तमा रिहा गरिएको हो। उच्चस्तरीय जाँचबुझ आयोगले उनलाई उक्त घटनामा दोषी ठहर गर्दै कारबाहीका लागि सिफारिस गरेको थियो।

भदौ २३ र २४ गतेका प्रदर्शनका बेला रिजाल काठमाडौंका सीडीओ थिए। बानेश्वरमा गोली चलाउन आदेश दिएको आरोपमा उनको व्यापक आलोचना हुँदै आएको छ। यद्यपि, उनले आयोगसमक्ष आफूले घातक हतियार प्रयोग गर्न आदेश नदिएको बयान दिएका थिए।

यसै प्रकरणमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत