सोमवार, चैत्र २३, २०८२

ओली र लेखक रिहागर्न सर्वोच्च अदालतको आदेश


कान्तिपथ


काठमाडौं — सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै रिहा गर्न आदेश दिएको हो।

यसअघि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको सिफारिस कार्यान्वयनका क्रममा प्रहरीले चैत १४ गते उनीहरूलाई पक्राउ गरेको थियो। काठमाडौं जिल्ला अदालतले समेत केही दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।

तर, रिहाका लागि दायर गरिएको रिटमाथि सुनुवाइ सम्पन्न भएपछि सर्वोच्च अदालतले अन्ततः केपी शर्मा ओली र रमेश लेखकलाई २६ चैतमा हिरासत मुक्त गर्न सर्वोच्चले आदेश दिएको छ |



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत