काठमाडौं । सशस्त्र प्रहरी बल का ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) लाई नायव महानिरीक्षक (डीआईजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले शुक्रबार बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो। सूचीअनुसार दिगविजय सुवेदी पहिलो नम्बरमा परेका छन्।
यसैगरी किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्रबहादुर कार्कीलाई पनि डीआईजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ