भक्तपुरको मनोहरा नदी किनार क्षेत्रमा अतिक्रमित संरचना हटाउन पुगेको टोलीमाथि स्थानीयले ढुंगामुढा गरेका छन्। गैह्रीगाउँस्थित सुकुमबासी बस्ती खाली गराएपछि डोजरसहितको टोली साँझ मनोहरा क्षेत्रमा पुगेको थियो।
त्यस क्रममा एक समूहले डोजरमाथि आक्रमण गर्नुका साथै प्रहरीमाथि पनि ढुंगामुढा गर्दा सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी १० जना घाइते भएका छन्। घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ।
स्थानीयको विरोधपछि डोजरसहितको टोली तत्कालका लागि फिर्ता भएको छ। प्रहरीले भने भोलि बिहानदेखि पुनः उक्त क्षेत्र खाली गराउने तयारी भइरहेको जनाएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ