बुधबार, बैशाख २३, २०८३
  • गृहपृष्‍ठ
  • समाज
  • प्रहरी निरीक्षक अनिस भण्डारी ‘पुलिस अफ दी मन्थ’बाट सम्मानित

प्रहरी निरीक्षक अनिस भण्डारी ‘पुलिस अफ दी मन्थ’बाट सम्मानित


गणेश विक


काठमाडौँ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चैत्र महिनाको ‘पुलिस अफ दी मन्थ’ (Police of the Month) घोषणा गर्दै नेपाल प्रहरी विशेष सुरक्षा गण, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक अनिस भण्डारीलाई सम्मानित गरेको छ।

उत्कृष्ट कार्यसम्पादन, कर्तव्यनिष्ठा र जिम्मेवारीप्रति देखाएको उच्च समर्पणका आधारमा उनलाई उक्त उपाधिबाट पुरस्कृत गरिएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख एसएसपी पदम बहादुर बिष्टले एक कार्यक्रमका बीच उनलाई पुरस्कार प्रदान गरेका थिए।

प्रहरी संगठनभित्र उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘पुलिस अफ दी मन्थ’ कार्यक्रम सञ्चालन हुँदै आएको छ।

यसबाट प्रहरी कर्मचारीमा प्रतिस्पर्धात्मक भावना विकास हुनुका साथै सेवा प्रवाहमा गुणस्तर वृद्धि हुने अपेक्षा गरिएको छ।

यस सम्मानले प्रहरी निरीक्षक भण्डारीलाई आगामी दिनमा थप जिम्मेवार र सक्रिय भई काम गर्न प्रेरणा मिल्ने विश्वास छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत