बिहिबार, बैशाख ३१, २०८३
  • गृहपृष्‍ठ
  • शिक्षा
  • एसइईमा ऋचा सह शिक्षा सदनको उत्कृष्ट नतिजा, ४८ मध्ये ३ जनाले ल्याए ४ जीपीए

एसइईमा ऋचा सह शिक्षा सदनको उत्कृष्ट नतिजा, ४८ मध्ये ३ जनाले ल्याए ४ जीपीए


गणेश विक


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा प्रकाशित २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) नतिजामा चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित ऋचा सह शिक्षा सदन ले उत्कृष्ट सफलता हासिल गरेको छ।

विद्यालयबाट सहभागी ४८ जना परीक्षार्थीमध्ये ३ जनाले ४.० जीपीए प्राप्त गरेका छन्।

विद्यालयका संस्थापक प्रधानाध्यापक नवराज खड्काका अनुसार एलन श्रेष्ठ, आकृति पाण्डे र आज्ञा चन्दले उत्कृष्ट नतिजासहित ४ जीपीए ल्याउन सफल भएका हुन्।

विद्यालयका अनुसार ४८ जना विद्यार्थीमध्ये २७ जनाले ए प्लस, १५ जनाले ए तथा ३ जनाले बी प्लस ग्रेड प्राप्त गरेका छन्।

विद्यालयले यस नतिजालाई विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको सामूहिक मेहनतको प्रतिफल भएको जनाएको छ।

यस वर्षको एसइई परीक्षामा देशभर ६५.९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन्। राष्ट्रिय परीक्षा बोर्डका अनुसार जीपीए ३.६ देखि ४ सम्म ४८ हजार ३९२ जना विद्यार्थी रहेका छन्।

गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको परीक्षामा चन्द्रागिरि नगर क्षेत्रका विद्यालयबाट कुल २ हजार २ सय ७२ विद्यार्थी सहभागी भएका थिए।

स्थानीय तहभित्रका विद्यालयमध्ये ऋचा सह शिक्षा सदनले उत्कृष्ट नतिजा ल्याएको भन्दै विद्यालय परिवारमा उत्साह थपिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत