शनिबार, माघ ५, २०८१

पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज


कान्तिपथ


सरकारले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गरेको छ । मुख्यसचिव शंकरदास वैरागीको संयोजकत्वमा रहेको कार्यदलले समिति खारेज गर्ने निर्णय गरेको हो ।

मन्त्रिरिषदले वैरागीको संयोजकत्वमा सरोकारवाला मन्त्रालयका सचिवहरु सम्मिलित कार्यदललाई समिति खारेज गर्ने वा नगर्नेबारे निर्णय गर्न अधिकार प्रत्यायोजन गरेको थियो । कार्यदलले गत मंसिर १९ गतेकै बैठकबाट न्यूनतम पारिश्रमिक निर्धारण समिति खारेज गर्ने निर्णय गरेको हो । यससम्बन्धमा समितिका अध्यक्ष राजेन्द्र अर्याललाई पत्र पठाएर मुख्य सचिव वैरागीले जानकारी दिइसकेका छन् । पत्रमा समिति खारेज गर्ने निर्णय भएकोले समिति बुझबुझारथ गर्न निर्देश गरिएको छ ।

समितिका अध्यक्ष अर्यालले समिति खारेज भएको पत्र प्राप्त गरेको बताए । उनले नेपाल पत्रकार महासंघ लगायतका सरोकारवाला संस्थासँग छलफलसमेत नगरेका जानकारी आफूले पाएको बताए । श्रमजीवी पत्रकार ऐनको प्रबन्ध अनुसार गठन हुँदै आएको समितिले श्रमजीवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक निर्धारण गरी सरकारलाई सिफारिस गर्दै आएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत