मङ्लबार, मंसिर १२, २०८०
  • गृहपृष्‍ठ
  • बिश्व
  • पुटिनको सैन्य घोषणा: आत्मसमर्पण नगरे बगेको रगतको जिम्मा उक्रेनले लिनुपर्छ

पुटिनको सैन्य घोषणा: आत्मसमर्पण नगरे बगेको रगतको जिम्मा उक्रेनले लिनुपर्छ


कान्तिपथ


रूसका राष्ट्रपति भ्लादमिर पुटिनेले बिहीबार विहान टेलिभिजन सम्बोधन गरे। त्यसक्रममा उनले विशेष सैन्य अभियान घोषणा गरे । तर पुटिनले युक्रेनमाथि कब्जा गर्ने रुसको कुनै योजना नहरेको बताए।

युक्रेनका जनताले चुनावमार्फत देश कसले चलाउने भन्ने चयन गर्ने उनको भनाइ थियो । सम्बोधनका क्रममा पुटिनले युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न भने। उनले पूर्वी युक्रेनमा तैनाथ सैनिकलाई हतियार विसाएर आफ्नो घर जान भनेको बीबीसीले उल्लेख गरेको छ।

उनले युक्रेनलाई चेतावनी दिँदै यदी यस्तो नभएको खण्डमा बग्ने रगतको जिम्मेवार युक्रेन हुने चेतावनी दिए। उनले यदी कसैले रुसमाथि कारबाही गर्छ भने मस्को यसमाथि प्रतिक्रिया दिन पछि नपर्ने बताए। रूसी राष्ट्रपतिका अनुसार यो कारबाही ‘आत्मरक्षा’ हो।

मस्को–पूर्वी युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनेत्सकमा बिस्फोटका ठूला आवाज सुनिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले ‘सैन्य कारबाही’ घोषणा गरेको केही समयमा नै सो क्षेत्रमा बिस्फोटका आवाज सुनिएको प्राप्त विवरणहरुमा जनाइएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले आक्रमणले युरोपेली महाद्वीपमा ठूलो युद्धको सुरुवात हुन सक्ने बताएका छन् । वार्ताबाट समस्या समाधान गर्न आफूले गरेको आग्रहलाई राष्ट्रपति पुटिनले बेवास्ता गरेको जेलेन्स्किीले बताएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत