बिहिबार, मंसिर २१, २०८०

रुसले युक्रेनमाथि आक्रमण गरेपछि बाइडेन र एन्टोनियोले के भने ?


कान्तिपथ


अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष सैन्य कारबाहीको घोषणा उत्तेजित र अनुचित भएको प्रतिक्रिया दिएका छन् । रुसी राष्ट्रपतिको घोषणाको जवाफ दिँदै बाइडेनले भने, ‘पूरा विश्वको प्राथना युक्रेन र युक्रेनका जनतासँग छ।’

आफ्नो सम्बोधनमा उनले रुसी राष्ट्रपतिलाई दोषी ठहर्‍याउँदै भने, ‘राष्ट्रपति पुटिनले पूर्व व्यवस्थित युद्ध छनोट गरेका छन् जसले मानिसहरूलाई मार्नेछ र मानव त्रासदी निम्त्याउँछ.’ यस युद्धबाट हुने मृत्यु र विनाशको लागि रुस एक्लै जिम्मेवार हुने उनले बताए । उनले अमेरिका र युक्रेनका सहयोगी देशहरू एकजुट भएर यस हमलाको निर्णायक रुपमा जवाफ दिने बताए ।

बाइडेनले भने, ‘ह्वाइट हाउसले यो सम्पूर्ण मामिलामा नजर राखेको छ।’ उनले आज जी–७ का सदस्य राष्ट्रहरूसँग बैठक बस्ने र त्यसपछि मात्र रुसका सम्बन्धमा थप कदम चाल्ने जानकारी दिए । संयुक्त राष्ट्रसङ्घले आक्रमण रोक्न रूसलाई आग्रह गरेको छ । महासचिव एन्टोनियो गुटर्रेसले सेनालाई आक्रमणबाट रोक्न रूसी राष्‍ट्रपति भ्लादिमिर पुटिनलाई आग्रह गरेका हुन् । उनले शान्तिको मौका दिन आह्वान गरेका छन् ।

युक्रेनमा आपतकाल घोषणा गरिएको छ । रुसी आक्रमण र युद्धको त्रासबीच आपतकाल घोषणा गरिएको हो । यसअघि उसले आफ्ना सबै नागरिकहरूलाई रुसबाट फर्किन अनुरोध गरेको थियो ।

एक महिना लामो आपतकालको अवधिमा किभले कडा सुरक्षा सतर्कता अप्नाउनेछ भने आवश्यक परेको अवस्थामा कफ्र्यू लागू गर्न सक्नेछ । पूर्वी युक्रेनमा विखन्डनकारीको नियन्त्रणमा रहेको दुई क्षेत्रमा रुसले आफ्ना सेना पठाउने आदेश दिएपछि युक्रेनले आपतकाल घोषणा गरेको हो । बिखन्डनकारी क्षेत्रका नेताहरुले आफूसँग सहयोग मागेको रुसले दाबी गर्दै आएको छ ।

रुसी सेना पूर्वी युक्रेन शान्ति मिसनमा खटिनले मस्कोको भनाई छ । तर, युक्रेनलगायत पश्चिमेली देशहरुले यसलाई मस्कोको अतिक्रमणको बहाना बताउँदै आएका छन् । रुसी कदमलाई लिएर पश्चिमेली मुलुकहरुले उमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् । रुसी कदमको राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत