सोमवार, मंसिर २४, २०८१

एमसीसी पास गर्नुपर्छः कैलाश ढुंगेल


कान्तिपथ


नेकपा एमालेका केन्द्रीय सदस्य एवं रामेछापका इन्चार्ज कैलाश ढुंगेलले अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको हितमा रहेको बताएका छन् । उनले एमसीसी सम्झौता गर्नेहरु नै अहिले दोहोरो चरित्र देखाएको बताउदै उनले विकास परियोजनामा अनावश्यक रुपमा भ्रम छर्न आवश्यक नभएको बताएका हुन् ।

पत्रकार संग कुराकानी गर्दै बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका नेता ढुंगेलले धेरै अघि बढाएको एमसीसी सम्झौताको अहिले आएर विरोध गर्नको अर्थ नभएको बताए । उनले नेपालको विकाससँग जोडिएको आएको परियोजनालाई अगाडि बढाउनु पर्ने बताउदै एमसीसीको बारेमा धेरै भ्रम फैलाउन आवश्यक नभएको बताए ।
एमसीसी पास गराउने काम सत्ता पक्षकै भएको बताउदै सत्ता पक्षसँगै बहुमत रहेकाले एमसीसीको बारेमा आफ्नो पार्टीको अहिले कुनै भूमिका नहुने बताए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत