बुधबार, मंसिर १४, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • रुस विरुद्ध राईफल बोकेर युक्रेनका पुर्वराष्ट्रपति पनि मैदानमा

रुस विरुद्ध राईफल बोकेर युक्रेनका पुर्वराष्ट्रपति पनि मैदानमा


कान्तिपथ


रुसले आक्रमण गरेयता युक्रेनको जनजीवन नराम्ररी प्रभावित भएको छ। मृत्युको डर र आर्थिक संकट सामना गरेर मानिसहरू बाँचिरहेका छन्। यही समय पूर्व राष्ट्रपति पेट्रो पोरोसेन्को एके ४७ राइफल बोकेर सडकमा रुसी आक्रमणको प्रतिरोधमा उत्रिएका छन्। २०१९ सम्म युक्रेनको राष्ट्रपति रहेका पोरोसेन्को सेनाको एउटा बटालियन नै लिएर युद्धमा उत्रिएका हुन्।

उनले रुसको विध्वंशकारी आक्रमणको सामना गर्नका लागि बन्दुक बोकेर आएको बताए। किभको सडकमा भेटिएका पोरोसेन्कोसँग सीएनएनले गरेको अन्तर्वार्ता शुक्रबार प्रशारणमा आएको हो।

”सबैले बुझ्नुपर्छ, पुटिनले युक्रेनमा युद्ध छेडेका होइनन्। उनले पूरा विश्वमा युद्ध छेडेका हुन्। अहिले हामीलाई प्रत्येक व्यक्तिविरुद्ध युद्ध छेडेका हुन्,” उनले भने। राष्ट्रपति पेरोसेन्कोले धेरैजसो युक्रेनी जनताले रुसी राष्ट्रपति पुटिनलाई घृणा गर्ने बताए। उनले लड्नका लागि हरेक युक्रेनी तयार भएपनि हतियारको अभाव रहेको बताए।

कतिन्जेलसम्म रुससँग लड्नुहुन्छ भन्ने प्रश्नको जवाफमा पोरोसेन्कोले भने, ”सधैंभरी।” उनले थपे,”पुटिनले कहिल्यै युक्रेन कब्जा गर्न सक्दैनन्। उनीसँग जतिसुकै मिसाइल होस्, जतिसुकै हतियार होस। हामी युक्रेनीहरू ठूलो युरोपेली भविष्य भएका स्वतन्त्र व्यक्ति हौं।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले गरेको उद्धारको प्रस्ताव अस्वीकार गरेका छन्। अमेरिकी सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अमेरिकाले जेलेन्स्कीलाई सहयोग गर्नको लागि भन्दै युक्रेनबाट उद्धारको प्रस्ताव गरेको थियो।

‘यहाँ युद्ध चलिरहेको छ। मलाई गाडी होइन, गोलाबारुद चाहिएको छ’, जेलेन्स्कीलाई उद्धृत गर्दै समाचार एजेन्सी एपीले उल्लेख गरेको छ। रुसले गरेको आक्रमणको डटेर सामना गर्ने प्रतिबद्धता जनाका जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

पूर्व कमेडियन तथा कलाकारसमेत रहेका जेलेन्स्कीले यसअघि रुसलाई भनेका थिए, ‘तिमीले हामीमाथि आक्रमण गर्दा हाम्रो अनुहार देख्नेछौं ढाड होइन।’ जेलेन्स्कीले एक भिडियो पोस्ट गरेका थिए। जसमा उनीसहित उनका प्रमुख सहयोगीहरु पनि साथमा देखिएका थिए।

किभमा आक्रमण भएपछि जेलेन्स्की देश छाडेर भागे भन्ने हल्लाका बीच उनले उक्त भिडियो सार्वजनिक गरेका हुन्। ‘हामी सबै यहाँ छौं र हामी यहीँ रहनेछौं’, भिडियोमा उनले भनेका छन्।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत