बुधबार, मंसिर १४, २०७९
  • गृहपृष्‍ठ
  • बिश्व
  • युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन

युक्रेनमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन


कान्तिपथ


युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काको अध्यक्षतामा भएको भर्चुअल कार्यक्रमबाट ‘रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ गठन गरिएको हो । जर्मनीका लागि नेपाली राजदुत खड्काले युक्रेन र रुसको द्वन्द्वबाट प्रभावित २२० जना नेपाली दुतावासको सम्पर्कमा आएको जानकारी दिए ।उनले ती नेपालीहरुको सहयोगको लागि दुतावासले नेपाली सरकार, स्थानीय संघसंस्थासँग समन्वय गरिरहेको बताए ।

गैरआवासीय नेपाली संघका युरोपस्थित राष्ट्रिय समितिसमेत रहेको सो समितिको संयोजकमा गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. बद्री केसी रहेका छन् ।

समितिको सदस्य सचिवमा डा. चिरन्जिवी खड्का (चेक रिपब्लिका), सदस्यहरूमा जीवन केसी (पोल्याण्ड), हरिबहादुर मल्ल (युक्रेन), शिवकुमार भुर्तेल (रुस), जयाप्रसाद शिवाकोटी (स्लोभाकिया), नवराज पोखरेल (रोमानिया), सुरेन्द्र श्रेष्ठ (हङगेरी), यदुराम पन्थी (चेक रिपब्लिक), मिलन पन्त (जर्मनी) र प्रेस संयोजकमा चिरन शर्मा (यूके) रहेका छन् ।

द्वन्द्वपीडितका लागि आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनको लागि डा. बोधराज सुवेदीको संयोजकत्वमा एक उपसमिति समेत गठन गरिएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत