सोमवार, मंसिर १२, २०७९

पाकिस्तान र अफगानिस्तानको सीमा केही दिनपछि फेरि खुल्यो


कान्तिपथ


१५ फागुन पाकिस्तान र अफगानिस्तान बीचको एक प्रमुख सीमा नाका फेरि खोलिएको छ । सुरक्षाबलहरु बीचको झडपमा कम्तीमा तीन जनाको मृत्यु भएको एक दिनपछि सो सीमा नाका खोलिएको अधिकारीहरूले आइतबार जनाएका छन् ।

गत वर्ष तालिबान सत्तामा आएपछि छिमेकीहरूबीच सीमा तनाव बढेको छ । पाकिस्तानले आतंकवादी समूहहरूले अफगान भूमिबाट आक्रमण गर्ने योजना बनाएको आरोप लगाएको छ । तालिबानले पाकिस्तानी लडाकूहरूलाई शरण दिएको अस्वीकार गर्छन् ।

पाकिस्तानको अर्धसैनिक सीमा बलका प्रवक्ताले एएफपीलाई भने, “सबै किसिमका गतिविधिका लागि सीमा फेरि खोलिएको छ ।“

एक सुरक्षा स्रोतले पाकिस्तानी अधिकारी र अफगानिस्तानको कान्दाहार प्रान्तका गभर्नरबीचको “सफल वार्ता“ पछि नाका खोलिएको जनाएको छ । गभर्नरका प्रवक्ता महमूद आजमले सीमा नाका फेरि खोलिएको पुष्टि गनु भएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत