मङ्लबार, माघ १, २०८१

टेलिभिजन टावरमा आक्रमण, पाँच जना मारिए


कान्तिपथ


रुसी सेनाले युक्रेनको राजधानी किएभमा टेलिभिजन टावरमाथि आक्रमण गर्दा कम्तीमा पाँच जना मारिएका छन् । युक्रेनले यसलाई रुसकाे बर्बरता भनेकाे छ । युक्रेनको आपत्‌कालीन सेवासम्बन्धी निकायले टेलिभिजन टावरमाथि प्रहार हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको जानकारी दिएको दिँदै अरु पाँच जना घाइते भएका बताएकाे छ । 

आक्रमणपछि टेलिभिजनको प्रसारण रोकिएको छ । टेलिभिजनमा हमला भएपपछि युक्रेनी विदेश मन्त्रालयले ‘रुसी अपराधीहरू आफ्नो बर्बरता देखाउन कतै पनि नरोकिने गरेको’ जनाएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत्‌ मन्त्रालयले यस्तो प्रतिक्रिया जनाएको हो । 

राजधानी किएभलाई प्रमुख निशाना बनाएर रुसी फाैजले स्थल तथा हवाई आक्रमण गरिरहेकाे छ ।आक्रमणको निशानामा सर्वसाधारण नागरिक तथा विद्यालय, अस्पतालसहितका सार्वजनिक स्थलहरू परेका छन् । अब त रुसले सञ्चार संस्थाहरूलाई पनि आक्रमणको निशाना बनाएको हाे । 

यसअघि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपेली संसद्को विशेष बैठकलाई भिडियाे लिंकमार्फत सम्बोधन गर्दै युक्रेनलाई कसैले भंग गर्न नसक्ने बताएका थिए । उनले युक्रेनले रुसको आक्रमणको सबै क्षेत्रबाट प्रतिरोध गरिरहेको बताएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत