काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ‘एमसीसी’को विरुद्धमा साना बामपन्थी दलहरुले विरोध कार्यक्रम सार्वजनिक गरेका छन् ।
बुधबार ‘विप्लव’ नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, रिषी कट्टेल नेतृत्वको नेकपा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादीले संयुक्त पत्रकार सम्मेलन गरेर विरोधका कार्यक्रमहरु सार्वजनिक गरेका हुन् ।
यस्तो विरोध कार्यक्रमका तालिका :
– फागुन २० गते, काठमाडौं उपत्यकामा विरोध प्रदर्शन र संयुक्त विरोधसभा गर्ने ।
– फागुन २२ गते बुद्धिजीवीहरुसँग अन्तरक्रिया गर्ने ।
–फागुन २४ गते विरोध प्रदर्शन र सभा गर्ने ।
– फागुन २६ गते विद्यार्थीहरूद्वारा क्याम्पस र विद्यालयमा विरोध प्रदर्शन र सभा गर्ने ।
– फागुन २८ गते युवकहरूको विरोध प्रदर्शन र सभा गर्ने ।
– फागुन ३० गते मजदुरहरुको विरोध प्रदर्शन र सभा गर्ने ।
– चैत २ गते किसानहरुको विरोध प्रदर्शन र सभा गर्ने ।
– चैत ४ गते श्रमिक र दलित समुदायको विरोध प्रदर्शन र सभा गर्ने ।
– चैत ६ गते मोर्चाहरुले विरोध प्रदर्शन र सभाको आयोजना गर्ने ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ