बिहिबार, बैशाख ५, २०८२

एसीसीलाई मेलम्ची जस्तो बनाउनु हुँदैन : सत्तारुढ गठबन्धन


कान्तिपथ


काठमाडौं । सत्तारुढ गठबन्धनले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वनमा लान एकै ठाँउमा उभिने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बिहीबार बसेको चार दलीय गठबन्धनको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले भने, ‘एमसीसीलाई पाँच वर्षभित्रमा पूरा गर्न, यसबाट जनतालाई विकासको प्रतिफल दिलाउन, जसरी एमसीसी अनुमोदन गर्न हामी एकै ठाउँमा उभियौँ, त्यसरी नै यसलाई समयमा सम्पन्न गर्नको लागि एक ठाउँमा उभिने निर्णय गरका छौँ ।’

एमसीसी पाँच वर्षभित्र सम्पन्न नभए एमसीसी फिर्ता जाने उनले बताए । उनले भने, ‘यसलाई हामीले मेलम्ची जस्तो बनाउनु हुँदैन, पाँच वर्षभित्र सम्पन्न गनुपर्ने हुन्छ ।’



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत