शुक्रबार, जेष्ठ ३०, २०८२

सिरियामा विद्युतीय धरापमा पारेर १३ सैनिकको हत्या


कान्तिपथ


२३ फागुन सिरियामा विद्युतीय धरापमा पारेर यहाँका कम्तीमा पनि १३ जना सैनिकको हत्या गरिएको बताइएको छ ।सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो ।
बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ ।त्यस दुर्घटनामा परेर अरु कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन् । घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ ।
सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । पछिल्लो समयमा यहाँ सुरक्षाकर्मीमाथि नै आतंककारीहरुले हमला गर्ने क्रम नरोकिएको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत