शनिबार, माघ २६, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • पञ्जाबमा आम आदमी पार्टी जित नजिक: भागवन्त मन मुख्यमन्त्री बन्दै

पञ्जाबमा आम आदमी पार्टी जित नजिक: भागवन्त मन मुख्यमन्त्री बन्दै


कान्तिपथ


मतगणना सुरु भएको करिब २ घण्टा हुँदैछ र पञ्जाबमा आम आदमी पार्टी सबैभन्दा बढी सिटसहित अगाडि बढिरहेको छ । रुझानमा आम आदमी पार्टीले ७४ सिटमा बढत पाइरहेको छ ।

सत्ताधारी कांग्रेस अहिलेसम्म ११ सिटमा अघि बढिरहेको छ । शिरोमणी अकाली दल पनि ८ सिटमा अघि बढिरहेको छ । यस्तै, बिजेपीको चार सिटमा बढत देखिएको छ ।

१ सय १७ सिट रहेको पञ्जाबमा सरकार बनाउन ५९ सिट आवश्यक पर्छ ।अघिल्लो चुनावमा आपले २० सिट जितेर प्रतिपक्षी दलको स्थान लिएको थियो । दिल्ली नजिकैको पञ्जाबमा सत्तामा आउन मुख्यमन्त्री अरविन्द केजरीवाल अघिल्लै चुनावदेखि प्रयासरत थिए। तर सन् २०१७ को चुनावमा उनको दलले अपेक्षाकृत जित भने हासिल गर्न सकेन । त्यतिबेला दिल्लीमा आपले सरकार चलाएको दुई वर्षमात्रै भएको थियो । र, अहिले ७ वर्ष सरकार चलाइसकेका केजरीवालले ‘दिल्ली मोडल’ को प्रचार पञ्जाबमा गरेका थिए।

आम आदमीले यस पटक लोकसभा सदस्य भागवन्त मनलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा उठाएको छ । डिजिटल प्लेटफर्मको सुरुवात हुनुभन्दा पहिले नै भगवन्त मान पन्जाबका घरघरमा सुनिएका र रुचाइएका पात्र हुन् । राजनीतिक व्यंग्यका लागि उनी निकै परिचित छन् ।

लोकसभा बैठकमा समेत उनका प्रस्तुति रोचक हुने गर्छन् । उनले सन् २०११ मा पिपल्स पार्टी अफ पन्जाबबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । तर सन् २०१४ मा भारतमा राष्ट्रिय रूपमा नरेन्द्र मोदीको लहर र दिल्लीमा आम आदमी पार्टी उदाइरहेका बेला मानले पार्टी परिवर्तन गरेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत