सोमवार, फाल्गुन ४, २०८२

चीनमा कोरोना संक्रमितको संख्या बढ्दै


कान्तिपथ


२६ फागुन । चीनमा पछिल्ला केही दिनयता कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा यो संख्या बढेको बताएका हुन् ।यहाँ थप संख्यामा कोरोना भाइरसका संक्रमित भेटिन थालेको बताइएको छ । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् ।


चीनका विभिन्न सहरमा बुधबार मात्र कोरोना भाइरसका ४०२ जना नयाँ संक्रमित देखिएका हुन् । अघिल्लो दिन अर्थात् मंगलबार यहाँ २३३ जना संक्रमित पाइएकामा बुधबार ४०२ पुगेको हो ।चीनभित्रै पनि यी संक्रमितहरु बढ्न थालेका समाचारमा जनाइएको हो । यहाँका जिलिन, सांदोन, सान्सी प्रान्तका केही स्थानमा संक्रमित पाइएका हुन् । यसमध्ये सबैभन्दा बढी जिलिनमा छन् । जिलिनमा मात्र १६५ जना संक्रमित पाइएको बताइएको छ ।

चीनमा पछिल्लो समयमा संक्रमित भेटिन थालेपछि यहाँको सरकारले कोरोनाबाट निको भएका नागरिकहरुमा पनि पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । यहाँका सबैजसो नागरिकालाई कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ । यहाँ बुधबारसम्ममा ४ हजार ६०० भन्दा बढी नागरिक कोरोना संक्रमित भइ उपचार गराइरहेका बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत