युक्रेन–रुस युद्धमा स्थिति तीब्र रुपमा बदलिन थालेका छन् । युद्धको १५ औं दिन चलिरहँदा दुवै देशको तर्फबाट लतिलोपनको संकेत देखिएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूले युक्रेनलाई नेटोको सदस्यता दिनको लागि दबाब नदिएको बताएका छन् । जेलेन्स्कीको यो बयानपछि अब युद्ध छिटै अन्त्य हुने अपेक्षा गरिएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नेटोको सदस्यता लिने आफ्नो अडान छोड्नेतर्फ संकेत गर्दै नेटोको सदस्यता लिने सोच आफूले त्यागेको बताए । जेलेन्स्कीले अब नेटोको सदस्यता लिनको लागि धेरै जोड नदिने बताएका छन् । उनले रुसले स्वतन्त्र घोषित गरेका पूर्वी युक्रेनका दुई क्षेत्रको बारेमा पनि रुससँग सम्झौता गर्न तयार रहेको बताएका छन् ।
यही बीचमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस युक्रेनको सीमाछेउको देश पोल्याण्ड र रोमानिया गएकी छिन् । उनले रुसी आक्रमणका विषयमा केन्द्रित रहेर दुवै देशका नेताहरुसँग छलफल गर्नेछिन् । उनले अमेरिकाले कसरी युक्रेनका छिमेकी देशहरुको समर्थन गर्न सक्छ भन्ने विषयमा चर्चा गर्नेछिन् । जो बाइडेन प्रशासनले युक्रेन र नेटो सहयोगीहरुको समर्थन गर्दै आएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ