बिहिबार, बैशाख ११, २०८२

सङ्खुवासभाको दुर्घटनाप्रति उपराष्ट्रपतिद्वारा दुःख व्यक्त


कान्तिपथ


उपराष्ट्रपति नन्दबहादुर पुनले सङ्खुवासभाको मादी नगरपालिका–६ पुलुङस्थित सात घुम्तीमा आज यात्रुबाहक बस भीरबाट खस्दा ठूलो मानवीय क्षति हुने गरी भएको सडक दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।

उपराष्ट्रपतिले सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको बा४ख ७३५ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनु भएकाहरु प्रति श्रद्धाञ्जली अर्पण गर्नुहुँदै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ । उपराष्ट्रपतिले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

उपराष्ट्रपतिले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको उहाँका प्रेस संयोजक मनोज घर्तीद्वारा आज जारी प्रेस नोटमा उल्लेख छ । उहाँले पछिल्ला सडक दुर्घटनाको उचित छानबिन गरी सो छानबिन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराउनुभएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत