तपाई हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल होस् या बैंकिङ कारोबारका अकाउन्टहरु ती अनलाइन अकाउन्टहरु कतिको सुरक्षित छ त्यो तपाई हामीले प्रयोग गर्ने पासवर्डमा प्रयोग हुने अक्षर तथा अंकको संख्यामा पनि भर पर्दछ । बिज्ञहरुका अनुसार पासवर्ड जति कमजोर भयो ह्याक गर्न त्यतिनै थोरै समय लाग्ने गर्दछ । पासवर्डमा प्रयोग हुने अक्षर तथा अंकहरु जति धेरै संख्यामा भयो ह्याकरलाई उक्त अकाउन्ट ह्याक गर्न झनै धेरै समय लाग्ने गर्दछ ।
अमेरिकी साइबर सुरक्षा कम्पनि हाइभ सिस्टमले जारी गरेको एक रिपोर्ट अनुसार सात अक्षरको पासवर्ड ह्याक गर्नका लागि ३१ सेकेण्डमात्रै भए पुग्दछ । ६ वा त्योभन्दा मुनि अक्षर मात्रै प्रयोग भएका पासवर्ड ह्याक गर्न ह्याकरलाई धेरै समय नलाग्ने अनुसन्धानमा देखिएकोछ । ह्याकरसंग उच्च क्षमताका ग्राफिक्स प्रोसेसिङ प्रविधि छ भने १२ वटा अंक मात्रै भएको पासवर्ड २ सेकेन्डमा ह्याक हुने, १२ वटा लोवर केश मात्रै प्रयोग भएको पासवर्ड ह्याक गर्न २ दिन र १८ अंक मात्रै भएको पासवर्ड छ भने उक्त पासवर्ड पत्ता लगाउने तीन हप्ता लाग्ने अनुसन्धानले देखाएको छ । पासवर्ड साधारण भएपनि त्यसमा प्रयोग भएको अंक, ‘अपर’ र ‘लोअर’ केश र सिम्बोलको प्रयोगले पासवर्डलाई बलियो बनाउने अध्ययनले देखाएको छ ।
१८ अंक, लोवर केश, अपर केश र सिम्बोलहरु मिश्रित पासवर्ड छ भने उच्च क्षमताका ग्राफिक्स प्रोसेसिङ प्रविधि भए पनि ह्याकरलाई लाखौं बर्ष लाग्न सक्ने देखिएको छ । तसर्थ बिज्ञहरुको राय अनुसार प्रयोगकर्ताहरु जति सक्दो अंक, लोवर केश, अपर केश र सिम्बोलहरु मिश्रित पासवर्ड प्रयोग गर्दा सुरक्षित हुने सुझाव दिने गर्दछन ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ