शुक्रबार, बैशाख ६, २०८२

किभमा अवस्थित आवासीय भवनमा हमला कम्तीमा दुई मृत्यु


कान्तिपथ



३० फागुन युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस आक्रमणमा परी अन्य १२ जना घाइते भएका देशको आपतकालीन सेवाले सोमबार जनाएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे दुई जनाको शव नौ तले अपार्टमेन्ट भवनमा फेला परेको छ । अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ । नौ जनाको घटनास्थलमा उपचार गरिएको आपतकालीन सेवाले फेसबुकमा बताइएको छ । भवन किभको ओबोलोनमा रहेको जनाइएको छ ।

रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो । सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ । यसमा बालबालिका समेत रहेका छन् । युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत