आइतवार, माघ ६, २०८१

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान


कान्तिपथ


आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।

प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल र केन्द्रीय कमिटी सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य मीनासिंह रखाल हुनुहुन्छ ।

प्रतिनिधिमण्डल चीनको कुन्मिङमा आयोजना हुने कार्यक्रममा भाग लिएर यही चैत १४ गते स्वदेश फर्किने कार्यक्रम रहेको पौडेलका स्वकीय सचिव याम पाण्डेले जानकारी दिनुभयो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत