गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले गलकोट नगरपालिका– २ को नरेठाँटी स्वास्थ्यचौकी भवन उद्घाटन गर्नुभएको छ । उहाँले कोरोना महामारीले स्वास्थ्य क्षेत्रमा लगानी बढाउने प्रेरणा मिलेको समेत बताउनुभयो
विसं २०५३ मा स्थापना भएको उपस्वास्थ्य चौकी २०६९ मा स्तरोन्नति गरिएको थियो । कोरोना महामारीको कारण ढिला भएकोे नरेठाँटी स्वास्थ्य चौकीका इन्चार्ज गणेश सुनारले बताउनुभयो । नगरप्रमुख भरत शर्मा गैरेले आर्थिक समृद्धिका लागि गुणस्तरीय स्वास्थ्य सेवा अत्यन्तै आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जग्गादाता, कोभिड व्यवस्थापनमा योगदान पु¥याउने व्यक्ति र सङ्घ संस्था महिला स्वयंसेविका, भवन निर्माण समिति, जग्गा व्यवस्थापन समिति लगायतलाई सम्मान गरिएको थियो ।
पाँच स्थानमा एकैपटक महायज्ञ लगाइने
बागलुङ, पर्वत र म्याग्दीका ५ स्थानमा एकैपटक एकै समयमा पञ्चश्रीमहायज्ञ हुने भएको छ । पञ्चकोटधामका संरक्षक कमलनयनाचार्यको अगुवाइमा बागलुङको मालिका र रायँरायँकोट, म्याग्दीको टोड्केस्थित पुलाश्रम र गौश्वारा तथा पर्वतको हम्पालमा आगामी वैसाख १ गतेदेखि ५ गते सम्म पञ्चश्रीमहायज्ञ हुने भएको हो ।
यो महायज्ञमा सबै जाति, भाषा र धर्मलाई सहभागी गर्न खुला गरिएको कमलनयनाचार्यका प्रवक्ता सुदर्शन बडालले बताउनुभयो । हरेक दिन ५ वटै स्थानमा एकै प्रकृतिका अनुष्ठान र गतिविधि हुन्छन् । ती गतिविधिमा सहभागी हुन जो कसैले पनि पाउने उहाँले बताउनुभयो । हरेक दिन बिहान ७ बजे दिप प्रज्वलन, ८ बजेदेखि ९ बजेसम्म मण्डपपूजा, १० बजेदेखि १२ बजेसम्म महालक्ष्मी हवन, १२ बजेदेखि १ बजेसम्म विश्राम, १ बजेदेखि ३ बजेसम्म सङ्कीर्तन, ३ बजेदेखि ४ बजे हवन, ४ बजेदेखि ४.३० बजेसम्म प्रसाद वितरण हुनेछ । साथै ती स्थानमा गएर रातभर ध्यान गर्नेलाईसमेत खुला भएको उहाँले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ