सोमवार, बैशाख १५, २०८२
  • गृहपृष्‍ठ
  • बिश्व
  • दिल्लीमा विष्फोट गराउने तालिबानीले चेतावनी,दिल्लीमा सुरक्षा सतर्कता उच्च

दिल्लीमा विष्फोट गराउने तालिबानीले चेतावनी,दिल्लीमा सुरक्षा सतर्कता उच्च


कान्तिपथ


आतंकवादी समूह तहरीक–ए–तालिबानले भारतको राजधानी दिल्लीमा विष्फोट गराउने चेतावनी दिएको छ । तालिबानको इन्डिया सेलले ई–मेलमार्फत विष्फोट गर्ने चेतावनी दिएको हो ।

दिल्ली पुलिसका स्पेशल सेलका एक अधिकृतलाई उधृत गर्दै भारतीय संचारमाध्यमहरुले विष्फोट गराउने धम्कीयुक्त ई–मेल आएको जनाएका हुन् । ई–मेलमा दिल्लीमा विष्फोट गराउने कुरा गरिएको छ । योसँगै दिल्लीमा आतंकवादी खतरा देखिएको छ । धम्कीपछि दिल्लीमा उच्चतहको सुरक्षा सतर्कता अपनाइएको छ ।

दिल्ली पुलिसले मंगलबार राति सरोजनी मार्केटसमेत कयौं बजारमा सर्च अपरेशन चलाएको थियो । रोजिनी नगर मिनी मार्केट ट्रेडर्स एसोसिएसनका अध्यक्ष अशोक रन्वावाले सुरक्षाका कारण आज बजार बन्द हुने जनाएका छन् । उनले भने, ‘खतरालाई मध्यनजर गर्दैै दिल्ली पुलिसले बजार बन्द गराउने आदेश दिएको छ ।’

दिल्लीसँगै उत्तरप्रदेशमा पनि सुरक्षा सतर्कता जारी गरिएको छ । दिल्ली पुलिसका अनुसार उक्त मेल गर्ने संदिग्ध तहरीक–ए–तालिबान इन्डिया संगठनसँग जोडिएको हो । उक्त मेल पठाउनेलाई खोज्नका लागि ट्रयाक गर्ने कोसिस भइरहेको प्रहरीले जनाएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत